एमाले अध्यक्ष ओली र बाबुरामबीच भेटवार्ता

373 Shares

काठमाण्डाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सोमबार ओलीलाई भेट् अध्यक्ष भट्टराई बालकोट पुगेका हुन् ।

दुई नेताबीच पछिल्लो राजनीतिक परिवेशको विषयमा छलफल भएको अध्यक्ष भट्टराईको सचिवालयले जनाएको छ । यो पनि समाचार पढनु होला – चीनमा कोरोना संक्रमण तिव्रः केही महिनामै त्यहाँ ८० करोड मानिस संक्रमित हुनसक्ने

यसैगरी नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समितिको बैठक पुस २४ गते बस्ने भएको छ ।

पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको हो ।

नेसपाभित्र माओवादीसँग एकता गरेर जानुपर्ने आवाजसमेत उठ्ने गरेको छ । यस विषयमा नेसपा र माओवादीका नेताहरूबीच छलफल पनि भइरहेको छ ।

गत मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नेपाल समाजवादी पार्टीका उम्मेदवार माओवादी केन्द्रको चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका थिए । पार्टीका नेता महिन्द्र राय यादव मात्र प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ ।