समाजिक अभियन्ता रघुनाथ गुप्ता गौर नपा कार्यालयको मुख्य गेटमा उभिएर जागरण अभियान चलाउदै
रौतहट, २२ पुस । गौर नगरपालिकालाई स्मार्ट सिटी बनाउन आएको करोडौं रकमको सदुपयोग नभएको भन्दै गौर नगरबासीले सम्बन्धित निकाय संग खोजतलास गर्नुपर्ने भन्दै दुई दिन देखि गौर नगरपालिका को कार्यालयका मुख्य गेटमा समाजिक अभियन्ता रघुनाथ गुप्ताले जागरण अभियान चलाएको छ ।
समाजिक अभियन्ता गुप्ताले चलाएको जनजागरण अभियान मार्फत गौर नगरवासीहरुलाई घचघचाउने कार्यलाई निरन्तरता दिर्दै नगरमा आएको करोडौंको विकास अभियान माथि सक्रिय भएर पुरा गराउनु पर्नेमा जोड दिएको हो ।
शहरी विकास मन्त्रालयद्धारा गौर नगरलाई स्मार्ट सिटी बनाउन २०० करोड भन्दा बढि रकम आएर सघन सहरी विकास डिभिजन कार्यालय पर्साबाट टेण्डर मार्फत काम भइरहदा पनि नेपाल सरकारले निर्धारण गरेको मापडण्ड अनुसार काम नभइरहदा गौरका नागरिकहरु जागरुक भई गुणस्तरिय एवं समयमै काम पुरा गराउने पुणित उद्देश्यका साथ समाजिक अभियन्ता गुप्ताको अभियानमा स्थानीयहरु पनि सघाइरहेका छन् । नाला, सडक, ढल लगायतका कार्यमा निर्माण कम्पनीको हेलचक्रयाइ भईरहदा पनि गौर नगरपालिका सुस्त गतिमा रहदा नगरपालिकाका पदाधिकारीहरुलाई त्यस तर्फ चासो राखी विकासको कार्यमा जनताको साथमा जुट्न उद्देश्यबाट रघुनाथ गुप्ता निरन्तर प्रयासरत रहेका छन् ।
गत बर्ष पनि गुप्ताले शहरी विकासको उक्त कार्यका लागि करिव १ महिना सम्म विपी चोकमा जागरण अभियान चलाएका थिए ।

