राष्ट्रपतिमा प्रचण्डलाई अफ्ठेरो पार्न ओलीको यस्तो चाल
काठमाडौं । विद्या भण्डारीको पालामा दुख पाएका प्रचण्ड यसपालि संविधान जोगाउने र संवैधानिक स्पिरिटमा हिँड्ने राष्ट्रपतिको खोजीमा छन् । अबको राष्ट्रपति संविधानअनुसार चलेन भने व्यवस्था र संविधान दुबै भंग हुने खतरालाई मध्यनजर गरेर प्रचण्ड सचेत छन् ।
तर सत्ता गठबन्धनभित्र प्रचण्डलाई अफ्ठेरो पार्न एमाले अध्यक्ष केपी ओलीले अनेक अस्त्र फ्याकिरहेका छन् । रणनीतिक चाल चलिरहेका छन् । प्रचण्डले प्रजातान्त्रिक र संविधानप्रति प्रतिबद्ध राष्ट्रपतिमा काग्रेस उम्मेदवारलाई सघाउने मनस्थिति बनाएका बेला त्यसलाई भाड्न विभिन्न नामहरु प्रस्ताव गरिरहेका छन् ।
यसअघि आफ्नै पार्टीका नेताहरुभित्र सीमित ओली अहिले कांग्रेसको राष्ट्रपति हुन नदिन कहिले माधव नेपाल त कहिले झलनाथको नाम चर्चामा ल्याइरहेका छन् । त्यतिमात्र नभई माओवादीकै अमिक शेरचनको नाम समेत चर्चामा ल्याएका छन् । प्रचण्डलाई अल्मल्याउन एकपछि अर्को नाम सिफारिस गर्ने र आफूले चाहेको व्यक्तिलाई राष्ट्रपति बनाउने रणनीतिमा ओली अघि बढेका छन् ।
ओलीको यस्तो चालप्रति कांग्रेसले प्रचण्डलाई विगतमा पाएको दुख सम्झाइरहेको छ । साथै व्यवस्था नै खतरामा पर्न सक्ने भनेर सचेत गराइरहेको छ ।

