आज पनि शेयर बजारमा गिरावट
काठमाडौँ । शेयर बजार आज पनि घटेको छ ।
हिजो एक दशमलव शून्य आठ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ६७ अङ्कले घटेर एक हजार नौ सय ७० दशमलव ६३ अङ्कमा झरेको छ ।
आज जलविद्युत्, माइक्रोफाइनान्स र अन्य समूहको शेयर सामान्य बढेको छ भने निर्जीवन बीमा र उत्पादन समूहको शेयर २० अङ्कभन्दा धेरैले घटेको छ ।
नेप्से घटेको दिन कारोबार रकम पनि घटेको छ । दुई सय १९ वटा कम्पनीको १८ लाख एक हजार कित्ता शेयर ६९ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड चार लाख रुपैयाँको शेयर किनबेच भयो ।

