राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनीयताको शपथ
काठमाडाैं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा नवनिर्वाचित राष्ट्रपति पौडेलले शपथ ग्रहण गर्नुभएकाे हाे ।
उहाँलाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ ग्रहण गराउनु भएकाे हाे ।
रामचन्द्र पौडेल गत फागुन २५ गते बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएकाे थियाे । यसैगरी निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाई भएको छ। सोमबार उहाँको राष्ट्रपति निवास शीतलनिवासबाट बिदाई गरिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रपति भण्डारीको बिदाई गरिएको हो।
उहाँलाई नेपाली सेनाले २१ टोपको सलामी दिएर बिदाई गरिएको छ।
बिदाइ पश्चात नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेलले निवर्तमान राष्ट्रपति भण्डारी गाडीसम्म छाेड्न जानु भएकाे थियाे ।
उहाँ आज बालुवाटारस्थित छोरीको घरमा सर्ने तयारी रहेको स्रोतले जनाएको छ।

