आर्थिक संकट बढदै गएपछि गर्भनरले बाेलाए पत्रकार सम्मेलन

263 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछन ।

बैंक तथा लघुबित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिदै गएको, आर्थिक बृदीदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतको समस्यालाइ लिएर गर्भनर अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन आज अपरान्ह १ बजे हुनेछ ।

राष्ट्र बैंकको चालु पुँजी कर्जादेखि ब्याज बढाउने नीतिसम्मले अर्थतन्त्र समस्यामा गएको र बैंकको खराब ऋण बढ्न थालेको आरोप गभर्नर अधिकारीमाथि छ।

उनीमाथि आफूलाई नियुक्त गर्ने एमाले सरकारमा आउँदा उदार हुने र अरु आउँदा अनुदार नीति लिएको आरोप लाग्दै आएको छ। पाँच बर्षे कार्यकालमध्ये तीन बर्ष पुरा गरेका गभर्नर अधिकारीले दोस्रो पटक पत्रकार सम्मेलन गर्न लागेका हुन्।

बैंकहरुले बैशाख १ गतेदेखि लागू गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका बेला गभर्नर अधिकारीले पत्रकार सम्मेलन डाकेका हुन्। उनले सो पत्रकार सम्मेलनमार्फत ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का बारेमा जानकारी गराउने छन् ।