कांग्रेसका कार्यकर्ता एकढिक्का हुनुपर्छ : डा. शेखर कोइराला

258 Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान अवस्थामा नेपाली कांग्रेसका नेता एवं कार्यकर्ता एकढिक्का हुनुपर्ने बताउनुभयो छ । नेपाली कांग्रेस मोरङद्वारा शनिबार आयोजित नव वर्ष २०८० को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले प्रजातान्त्रिक पार्टीभित्र रहेको विगतका तिक्ततालाई पार्टीका सम्पूर्ण कार्यकर्ता एवं नेतृत्वले बिर्सी एकढिक्का भएको विचार व्यक्त गर्नुभयो ।

नेता डा. कोइरालाले नेपाली कांग्रेस कार्यकर्ताले आगामी दिनमा बहुमत सरकारको निर्माण गर्ने उद्देश्यले आगाडि बढ्न समेत आग्रह गर्नुभयो । उहाँले वर्तमान उपनिर्वाचनमा नेपाली कांग्रेसका दुई उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिँदै कार्यकर्तले ‘साथीलाई होइन पार्टीलाई’ आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका पूर्व उपाध्यक्ष विजयकुमार गच्छदारले कानूनी राज्य, संसदीय प्रजातन्त्रलाई स्थायित्व र राजनीतिकस्थिरता कायमका लागि कांग्रेसको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनुभयो । उहाँले लामो इतिहास बाँकेको नेकां समक्ष रहेको विभिन्न प्रकारका चुनौति समाधान लागि वर्तमान अवस्थामा युवा पिँढीको साथमा सहयोग आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्यद्वय गयानन्द मण्डल र अमृत अर्यालले जनतालाई विकास र समृद्धिको अनुभूति हुने गरी कार्य गर्न दलका नेता एवं कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो ।