कर्णाली प्रदेशमा दलित अगुवाहरुको आन्दोलन जारी , बैशाख ७ गते बृहत बिरोध प्रदर्शन
काठमाडौं – कर्णाली प्रदेशमा बसोबास गर्ने दलित समुदायले आफ्नो ८४ बुँदे माग राख्दै मुख्यमन्त्री कार्यालयमा घेराउ गर्ने क्रममा भएको झडपमा प्रदर्शनकारी र प्रहरीकै घाईते भएका छ्न । प्रदर्शन गर्ने क्रममा मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेको भन्दै भएको झडपमा परी एक सय भन्दा धेरै दलित नेताहरू घाईते आयोजकले जनाएको छ । प्रहरीका अनुसार झडपमा ७ जना प्रहरी र २२ जना आन्दोलनकारी घाइते भएको प्रहरीले संचार माध्यमलाई जनाएको हो । आन्दोलन गर्ने दलित अगुवाहरुले आफ्नो १ सय भन्दा बढी प्रदर्शनकारी घाइतेभएको जनाएको छ । आन्दोलन अहिले पनि जारी रहेको हाम्रो सहकर्मी लाई दलित अगुवा नेता खगेन्द्र सुनारले जानकारी दिएका छन । सुनारका आफ्नो माङ पूरा नभए सम्म आन्दोलन जारी राख्ने बताए । बैशाख १ गते बाट मुख्यमन्त्री कार्यालय घेराउ गर्ने तयारी रहेकोे थियोे । बैशाख ७ गते कर्णाली प्रदेशमा बृहत आमसभा समेत हुने सुनारले बताएका छ्न ।
मुख्यमन्त्री कार्यालय अगाडि सुरक्षा व्यवस्था कडा पारिएको छ । मंगलवार दिउसो मुख्यमन्त्री कार्यालयले उनीहरूको ८४ बुँदे मागलाई सम्बोधन गर्न सामाजिक विकास मन्त्रालयका सचिव सन्त बहादुर सुनारको संयोजकत्वमा संवाद समिति गठन गरिएको छ ।
विभिन्न माङ सहित दलित संघसंगठनका अगुवाहरुले मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गरेको भन्दै २ दर्जन जति नेतालाई पक्राउ गरेको हो पछि समान्य जमानीमा छोडेको हो । आन्दोलनकारीहरु लाई प्रहरीले नियन्त्रणमा राखेको छैन । आन्दोलनका क्रममा घाइतेहरुको टाउको, ढाड, हात खुट्टामा चोट लागेकोले निजहरूको उपचार भईरहेको छ ।
आफ्नो माग पूरा नभए मुख्यमन्त्री कार्यलय घेराउ अभियान समेत जारी राख्ने तयारी रहेको आयोजक जनाएको छ । आन्दोलन आज पनि जारी छ। ७ गते बृहत कार्यक्रम गर्ने तयारीमा रहेको बताईएको छ ।

