अहिलेकै अवस्थामा सरकारलाई दिएको समर्थन जारी राख्नु पर्ने देख्दिन : रवि लामिछाने

284 Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेकै अवस्थामा सरकारलाई दिएको समर्थन जारी राख्नु पर्ने नदेखेको बताएका छन।

चितवन २ को उपनिर्वाचनमा जीत निश्चित भएपछि संचारकर्मीले सरकारलाई दिएको समर्थन जारी हुन्छ या फिर्ता के गर्नु हुन्छ भन्ने प्रश्नमा सभापति लामिछानेले अहिलेकै स्थितिमा सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नदेखेको बताएका छन।

सरकारलाई दिएको समर्थनबारे काठमाडौ गएर नेताहरूसँग भेटघाट गरि समीक्षा धारणा पनि सभापति लामिछानेले राखे। सभापति लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस् भनेर गलतलाई नबोक्ने पनि प्रस्ट पारे।नयाँ सरकारको तयारीबारे पनि राजनीतिक छलफल हुन सक्ने उनको धारणा छ।