पुर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्ज आउदै, सुरक्षामा शिवसेना खटिने

197 Shares

बाँके । पुर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्ज आउने भएका छन् । यहीँ बैशाख २० गते बाँकेको नेपालगञ्ज स्थित रामलिला मैदानमा नागरिक अभिनन्दनका लागि पुर्वराजा शाह आउने भएका बताइएको छ ।

पुर्वराजा शाहले बैशाख १८ गते सोमबार नेपालगञ्ज स्थित पश्चिम क्षेत्रकै प्राचिन र चर्चित शक्ति पिठ बागेश्वरी मन्दिरमा महा-आरति गर्ने, बैशाख १९ गते जनता सँग भेटघाट गर्ने र बैशाख २० गते रामलिला मैदानमा दिउँसो ३ बजे नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको नागरिक मुल समारोह समितिले जनाएको छ ।