सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि राजेन्द्रबहादुर गोर्खाली (राजु गोर्खाली) को नाम सिफारिस भएको छ ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि राजेन्द्रबहादुर गोर्खाली (राजु गोर्खाली) को नाम सिफारिस भएको छ ।
उनी आगामी मंसिरमा हुने प्रतिनिधि सभाको चुनावको लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका हुन् ।
समाजिक तथा व्यापारिक पृष्ठभुमिका गोर्खालीलाई उम्मेदवारको सिफारिस गर्दै कांग्रेस जिल्ला समितिले बागमती प्रदेश र केन्द्रीय समितिलाई बुझाएको हो ।
जनताकै चाहना र स्थानिय आवश्यकतालाई मध्यनजर गर्दै उनलाई सिफारिस गरिएको हो ।
गोर्खालीको नाम सिफारिसको २ नम्बरमा छ भने सूचीको एक नम्बरमा पूर्वराज्यमन्त्री विष्णुविक्रम थापा रहेका छन् । त्यस्तै कांग्रेस निवर्तमान उपसभापति शिव सुनार, सचिव बिलबहादुर तामाङ र पुराना नेता शंकर लामा पनि उम्मेदार सिफारिस भएका छन् ।
उनी अहिले कांग्रेसको महासमिति सदस्य छन् ।