एनआरएनए सचिव अनुप खनाल युवा उपाध्यक्षमा लड्दै
अमेरीका गैरआवासीय नेपाली संघ(एनआरएनए)को आगामी निर्वाचनमा अनुप खनालले युवा उपाध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेका छन्।
युवाहरुको हरुको बृहत सहभागीता, संस्थाको दिगो सफलता “ भन्ने नारा सहित मैले युवा उपाध्यक्ष पदमा उमेदवारी दिने निर्णयमा पुगेको जानकारी गराउँन चाहन्छु । वर्तमान कार्यसमितिमा सचिव पदमा रहेर काम गर्दै गर्दा मेरो काम को मुल्याकंन गर्ने जिम्मा यहाँहरु समक्ष मै राखिदिएको छु ।
एउटा सामान्य र राजनितिक पृष्ठभुमि भएको परिवारमा जन्मेको म सानो केटो करिब १६ बर्ष अगाडि साना सुटकेस सहित ठूला सपना देखि उच्च शिक्षा हासिल गर्न भनि सबैको सपनाको देश कर्मभुमि अमेरिका आएको थिए ” खनालले भन्नु भयो।संघर्षमा वितेका अमेरिकाको विद्यार्थी जीवनमा पनि नेपाल र नेपाली समुदायको लागि केहि गर्नु पर्छ भन्ने भावना सहित नेपाली समुदायमा रहेका विभिन्न संघ संस्थाहरुमा पदमा रहेर वा नरहेर पनि आफ्नो सक्रिय अबद्धता दिदै आएको थिए छु र आज गैर आवासीय नेपाली हरुको साझा संस्था गैर आवासीय नेपाली संघ, अमेरिकाको यात्राको दौरान च्याप्टरमा बोर्ड सदस्य हुदै केन्द्रिय स्तरमा स्टुडेन्ट टास्क फोर्स को सह- संयोजक देखि हाल वर्तमान कार्य समितिमा सचिव पदमा रहदाँ सम्म म आफ्नो काम र जिम्मेवारी प्रति पुर्ण बफादार रहि काम गरिरहेको बताउनुभयो।
मलाई आशा र विश्वास छ मेरो यो निर्णय लाई यहाँहरु सम्पूर्णले सकारात्मक रुपमा लिई मैले विगत र वर्तमानमा नेपाल र नेपाली समुदाय प्रति गरेका कामहरुको मुल्यांकन गर्दै र हिजोका दिन देखि आज सम्म जसरी यहाँहरु सम्पूर्णले मलाई अपार माया साथ, सहयोग, समर्थन दिनुभयो त्यसरी नै आज पनि र भविष्यमा पनि दिनुहुनेछ भन्ने अपेक्षा गरेका छु।। खनालले भन्नुभयो।
युवा, बिधार्थी र युवाहरु लाई जोड्ने खेलकुदको लागि के कसरि आगाडी बढाऊनको लागि के कस्ता कामहरु गर्न सकिन्छ भन्ने मेरो प्रतिबद्धताहरु चाडै नै प्रस्तुत गर्ने पनि जानकारी दिनुभएको छ।

