रेडियोग्राफर सिंह माथि भएको हातपात घटना प्रती रेडियोलोजिकल सोसाइटीको आपत्ति

1219 Shares

काठमाडौं: धनगढीमाई नगरपालिकामा रेडियोग्राफर रंजित सिंह माथि भएको हातपात घटना प्रती नेपाल रेडियोलोजिकल सोसाइटीले आपत्ति जनाएको छ ।

असोज १ गते धनगढीमाई नगरपालिका स्थित रहेको आरके मेडिसिटी होस्पिटल प्रालिमा, सोमवार साझ करिब ७ बजेको समयमा कार्यरत स्वास्थ्यकर्मी रेडियोग्राफर रंजित सिंह माथि स्थानिय शम्भु यादब र सागर यादबले एक्सरे गर्नमा ढिलो भएको भन्दै हातपात गरेका थिए । घटना

हातपात गर्नेहरुले अस्पतालका कार्यकारी निर्देशक देबेन्द्र सिंहलाई समेत गाली ग्लोज गरेको प्रती समेत नेरेसले आपत्ति जनाएको छ । ईलाका प्रहरी कार्यालय धनगढीका प्रमुख सुनिल कुमार सिंह समेत उक्त घटना क्रममा रहेको अस्पताल श्रोतको भनाई र प्रहरीको सामु स्वास्थ्यकर्मी माथि हातपात गरेको र प्रहरी मुख दर्शक भएको र प्रहरीकै अगाडी धम्की पूर्ण भाषा प्रयोग गरेपनि प्रहरी केही नगरेको समेत संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मुलुकका स्वास्थ्य सेवालाई अपराधिक मनसिकता बोकेका हरुबाट जोगाउदै आम सर्बसाधारण नगरिक हरुलाई गुणस्तरीय पारदर्शी , भयरहित बातावरणमा स्वास्थ्य सेवा प्रबाह गर्न नेपाल रेडियोलजिक अल सोसाइटिले अनुरोध गर्दै उक्त विज्ञप्ति जारी गरेको छ ।

संस्थाले दोषीलाई यथाशीघ्र कारबाही गर्न सरकारसँग माग गरेको छ । अन्यथा जुन सुकै समयमा कडा भन्दा कडा कार्यक्रम सहित यो संस्था आन्दोलनमा उत्रने बाध्य हुने समेत जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।