शब्दकोशबाट ‘ॐ’ हटाउन लागिएको भन्दै कांग्रेस बैठकमा चासो

334 Shares

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली शब्दकोशबाट ‘ॐ’ हटाउन लागेको सूचना पाएको भन्दै सरकारलाई निर्देश गर्न माग गरेका छन्।

आइतबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा शब्दकोशबाट ‘ॐ’ शब्द हटाउन लागिएको भन्दै चोसो व्यक्त गरेका छन्।

‘नेपालको शब्दकोशबाट ‘ॐ’ हटाइँँदैछ। आजकबै बैठकबाट एउछा निर्णय गरियोस्। सरकारलार्य निर्देश गरियोस्। यो हद भयो, अति भयो। सरकारसँग स्पष्ट जवाफ मागियोस् । यो कुरा सत्य हो भने सरकारले तुरन्त बन्द गरोस्,’ उनले भने।

उनले महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेन्डा पनि राख्न माग समेत गरेका छन्। उनले भने, ‘हामी पनि निर्वाचित केन्द्रीय सदस्य हो। देशभरिका कार्यकर्ताको आवाज हो। यो मूल एजेन्डा बनाउनुस्। नत्र धेरै अप्ठ्यारो पर्नेछ।’