विभिन्न पार्टी परित्याग गरेर दर्जनौं नेता एवं कार्यकर्ताहरु आजपामा प्रवेश

553 Shares

आम जनता पार्टीद्वारा रौतहटको गढीमाई नगरपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सयौं नेता एवं कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरेर आजपामा प्रवेश गरेका छन् ।
सो पार्टीद्वारा गढीमाई नगरपालिका वडा नम्वर ७ धनाडीमा आयोजित भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एस, नेकपा एमालेका सयौं नेता एवं कार्यकर्ताहरु उक्त पार्टी परित्याग गरेर आजपामा प्रवेश गरेका हुन् ।
सो पार्टीले जारी गरेको विज्ञप्तीमा नेपाली कांग्रेसका मुकेश कुमार यादव, सुरेश यादव, नेकपा एसका नेता सोगारथ राय, नेकपा एमालेका नेता बतहु ठाकुर लगायत दर्जनौं नेता कार्यकर्ताहरु उक्त पार्टी परित्याग गरी आम जनता पार्टी प्रवेश गरेको बताइएको छ ।
नवप्रवेशीहरुलाई एकमुष्ट रुपमा पार्टीका राष्ट्रिय अध्यक्ष तथा रौतहट ३ बाट संघिय साँसद प्रभु साहले हार्दिक स्वागत, बधाई तथा सफल राजनीतिक भविष्यको भव्य शुभकामना गरे ।