नेपालगन्जमा आज सदभाव र्‍याली सम्पन्न , जिल्ला प्रशासन बाकेको कडा निर्देश

239 Shares

श्याम कुमार शाहु – नेपालगन्जमा आज सदभाव र्‍याली निकालिएको छ । नेपालगन्जको विपी चोकबाट बिहान र्‍याली निकालिएको हो । सदभाव र्‍याली बिपि चोक हुदै बीरेन्द्र चोकमा पुगेर समापन भएको हो ।

हिजो भएको जिल्ला प्रशासन कार्यालय बाकेमा सहमति अनुसार धर्मगुरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सांसद, नागरिक समाजका अगुवा, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो । र्‍याली आयोजित सभालाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) प्रशान्त विष्टले सद्भावको शहरका रुपमा नेपालगन्जले छुट्टै परिचय बनाएको बनाएको बताए र यसलाई विभिन्न घुसपैठ का कारण आपसी सदभावलाई बिथोल्ने प्रयास भईरहेकोे बताए ।

सामाजिक संजालमा इस्लाम धर्मका विरुद्धमा स्टाटस लेख्नेहरु माथि कारवाहीको माग गर्दै गत आईतबार मुस्लिम समूदायले बिरोध प्रर्दशन गरी ज्ञापन पत्र बुझाएको थियो । उक्त घटनाको विरोधमा मंगलबार हिन्दुवादीहरूले नेपालगंज बजार बन्द गराउने घोषण गरे पछि कुनै अप्रिय घटना हुन नदिनका लागि सदभाव र्‍याली निकालिएको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाईमा ससभाव र्‍याली निकालिएको हो ।

सदभाव बिथोल्न खोज्नेलाई प्रहरी प्रशासनले नियन्त्रणमा ल्याउनुपर्ने मेयर प्रशान्तले बताए । यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नेपालगन्ज सामाजिक तथा धार्मिक सद्भावको शहर भएको बताए । ब्यक्तिले गरेको गल्तीमाथी कानुनी कारबाही हुने बताउँदै सद्भाव कायम राख्नमा सबैको भुमिका महत्वपूर्ण रहेको भने । हामी दोसीलाई कार्यवाही गर्ने छौ बताउनुभयो ।

यसैगरी बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगि , मुस्लिम धर्म गुरु अब्दुल जब्बार मन्जरीले नेपालगन्जको धार्मिक तथा सामाजिक सदभावको शहर हो भने । जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमबार बसेको सर्बदलिय तथा सर्बपक्षिय बैठकले सद्भाव र्याली निकाल्ने निर्णय गरेको थियो । उक्त बैठकले कुनैपनि ब्यक्ति, संघ संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्धेष फैलाउने वा कुनै धर्मको विरुद्ध हुने गरी सामाजिक सञ्जालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमको संकेत नगर्न तथा जातीय, धार्मिक सद्भावमा खलल पुर्याउने कानुन विपरितका गतिविधी नगर्न चेतावनी दिएको छ ।