नेपालको राजनीति जनयुद्ध दिवस मनाउने बारे दोहोरी खेल्दै एमाले र माओवादी

258 Shares

काठमाडौं । फागुन १ गते जनयुद्ध दिवस मनाउने सरकारको निर्णयलाई लिएर संसद बैठकमा एमाले र माओवादीका सांसदको चुहारी चलेको छ । जनयुजनयुद्ध दिवस मनाउने सरकारको निर्णयलाई लिएर नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चुहारी चलेको हो ।

संघीय संसदको चालू अधिवेशनको अन्त्य हुनु अगाडि प्रतिनिधिसभामा सदनको कामकारबाहीको विषयमाथि धारणा राख्ने क्रममा एमाले उपाध्यक्ष पौडेलले जनयुद्ध सुरू भएको दिनलाई उत्सवका रुपमा लिन नसकिने बताए । जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने निर्णय फिर्ता लिन उनको आग्रह छ । फिर्ता लिन नसके सदनमा प्रस्ताव ल्याउन उनले चुनौती दिए ।

जवाफमा माओवादीका उपमहासचिव पुनले एमाले समेत सहभागी सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको स्मरण गराए । ‘जनयुद्ध दिवसको बारेमा म स्मरण गराउन चाहन्छु –माघ १९ गते त्यो निर्णय भएको रहेछ । पूर्व वक्ता (विष्णु पौडेल) माननीय ज्यू उपप्रधानमन्त्री हुनुहुँदो रहेछ । त्यही मन्त्रिपरिषदले निर्णय गरेको रहेछ’ पौडेललाई पुनले जवाफ फर्काए ।

आफैँले निर्णय गर्ने र अर्को ठाउँमा पुगेर आलोचना गर्ने संस्कार गलत भएको उनले बताए । पुस १० को सहमतिअनुसार प्रधानमन्त्री बनेका नेकपा माओपादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा एमाले पनि सहभागि भएको थियो । त्यतिबेला उपाध्यक्ष पौडेल उपप्रधानमन्त्री भएका थिए ।