बल्खुमा झडप, प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा

317 Shares

आज काठमाडौं तनावग्रस्त रहेको छ । बिहान प्रहरी सक्रियता का साथ मार्च गरेका छ । यसै बिच बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको हो ।बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गर्न बाध्य बनेको श्रोतले जानकारी प्राप्त भएको छ । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गर्दा परिस्थिति तनावग्रस्त बनेको हो । त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँद त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको छ । बल प्रयोग गरि भिड लाई तितरवितर पारेको हो ।
आज दुर्गाका प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा समेत हानेको थियोे । प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका र प्रदर्सनकारी प्रहरी लाठि प्रहार गरेको थियोे । आज प्रदर्सन खासमा एमालेको युवा संघ सङ जुध्न पुगेको हो । केपि ओलिले समेत दुर्गा प्रसाईं लाई कडा चेतावनी दिएका हुन ।