रंगभेद अन्त्य गर भन्दै जनमत पार्टीले गौर र मलंगवामा प्रदर्शन गरे

290 Shares

राधेश्याम कुशवाहा
रौतहट–सर्लाही, मंसिर । जनमत पार्टीले रौतहट सदरमुकाम गौर र सर्लाही सदरमुकाम मलंगवामा वृहत जुलश प्रदर्शन गर्दै चर्का नारावाजी गरेर रंगभेद विरुद्ध एकता दिवस मनाएका छन् ।
२१ औँ शताव्दीमा पनि नेपालमा अझै रंगभेद नीति कायमै रहेको प्रति जनमतले प्रदर्शन गरेको केन्द्रीय सदस्य एवं क्षेत्रीय पर्यवेक्षक बिकास कुमार यादवले बताए । जनमत पार्टीले स्थापना कालदेखिनै प्रत्येक वर्ष मंसिर १० लाई रंगभेद विरुद्धको एकता दिवसका रुपमा मनाउने गरेको र सोही अनुरुप आज गौरमा वृहत रयाली प्रदर्शन गरेको यादवले जानकारी दिए ।
मधेशी नागरिकलाई बिहारी भन्न पाईदैन्, रंगभेद बन्द गर, जनमत पार्टी जिन्दावाद, डा सिके राउत जिन्दावाद, अत्याचार बन्द गर, रंगको भरमा अत्याचार गर्न पाइदैन्, रंगभेद अन्त्य गर लगायतका नाराहरु लगाउदै नगर परिक्रमा गरी पुनः मधेशी क्रान्ति चोकमा फर्केर जुलुस कोणसभामा परिणत भएको थियो ।
उक्त कार्यक्रममा जनमत पार्टी का केन्द्रीय सदस्य बिकास कुमार यादव, विनय कुमार वर्मा, नविन श्रीवास्तव, जिल्ला इन्चार्ज शेख जमैसद, नेताहरू ई. कृष्ण साह, राम विश्वास पासवान, डा. रामाशंकर ठाकुर, प्रकाश झा, प्रभु राय यादव, राजकुमार साह, बिपिन यादव, साह आलम, प्रकाश ठाकुर, अशोक कुशवाहा लगायतका नेता तथा कार्यकर्ताहरु सहभागी रहेको थियो ।
यसैगरी सर्लाही सदरमुकाम मलंगवामा जनमत पार्टी कार्यालयबाट जनप्रदर्शन सुरु भएर सदरमुकाम मलंगवाको परिक्रममा गरेर स्थानीय सहिद चोकमा कोर्ण सभामा परिणत भएका थिए । कोर्ण सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य देखि लिएर जिल्ला स्तरिय नेताहरुले मन्तव्य राखेका थिए ।
प्रदर्शनमा उत्रिएका जनमतका नेता एवं कार्यकर्ताहरुले विभिन्न नाराहरु लेखिएको प्लेकार्ड लिएर नाराबाजी गरे । रङको अधारमा विभेद गर्न पाइदैन, रङभेद विरुद्ध को एकता घोषणा गर, रङ्गभेद आक्रमण अन्त्य गर, लगायत नारा लगाएको थियो ।
जनमत पार्टी सर्लाहीको जिल्ला इन्चार्ज श्रीचन यादवले एकाइशौ शताब्दीमा पनि मानिस द्वरा मानिस माथि भेदभाव गर्नु खेद जनक रहेको बताए । मधेसी, जनजाति, दलीत, अल्पसंख्यक, सिमान्कृत, माथि भईरहेको विभेदलाई राज्यबाट अन्त्य गर्नुपर्छ । शषकहरुले पहीचान अधिकार दिन चाहदैनन् । राज्य को जम्मा जनसंख्याको ५१% प्रतिशत हामी छौ तर पनि राज्यको हरेक शास्कीय ठाँउ मा हाम्रो सहभागी छैनन् उक्त समान सहभागीताको लागि जनमत पार्टी संघर्षरत रहेको बताए ।
यहाँ को प्रधानमन्त्री भन्नू हुन्छ मेरो त मधेस सङ प्रेम छ तर अधिकार को कुरा आउँदा सौता को छोरा छोरी सरह व्यबहार गर्नु हुन्छ अधिकार दिनलाई होइन हामी लाई भोट बैंक को रुपमा प्रयोग गर्छन यी शाषककहरुले उनले आरोप लगाए ।