एमाले अध्यक्ष ओली जनकपुर जाँदै
380
Shares
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुर जाँदैछन्। विभिन्न पार्टी परित्याग गरि एमाले पार्टी प्रवेश कार्यक्रमका लागि ओली जनकपुर जान लागेको एमाले सचिव रघुवीर महासेठले जानकारी दिए।
ओली बिहान ११ बजे जनकपुर पुग्ने ओलीको सचिवालयले जनाएको छ। नेपाली कांग्रेसका नेता सन्तोषकुमार यादव र पूर्वमन्त्री अरविन्द साहसहितका नेतालाई एमाले प्रवेश गराउने कार्यक्रम छ।
पार्टी प्रवेशपछि आयोजना हुने जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

