काठमाडौं क्षेत्र नं. २ मा थापा बने विवेकशील साझा पार्टीको उम्मेदवार
विवेकशील साझा पार्टीले काठमाडौं क्षेत्र नं।२ मा कृषिविद् धनेज थापालाई उम्मेदवार बनाउने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उक्त पार्टीले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
शनिबार काठमाडौं क्षेत्र नं। २ मा आयोजित एक कार्यक्रमका बीच पार्टीका युवा नेता थापालाई उम्मेदवार घोषणा गरिएको विवेकशील साझा पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् । थापा पीएचडी स्कलर हुन्। लामो समयदेखि भूमि, कृषि, जलवायु अनुकुलनः विपद जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरिरहेका थापा विभिन्न संघ संस्थामा आबद्ध छन् ।

