काँग्रेसको निर्वाचन परिचालन समितिको बैठक आज बस्दै

324 Shares

काठमाडौं । नेपाली काँग्रेसको निर्वाचन परिचालन समितिको बैठक आज बस्दै छ ।

दिउँसो २ बजे पार्टी कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा आगामी मङ्सिर ४ को निर्वाचनमा कसरी पार्टीको नेतृत्वदेखि गाउँस्तरका कार्यकर्ता परिचालन गर्ने भन्ने बारेमा छलफल हुने काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार चुनावका लागि तयार पारिएको घोषणापत्रलाई अन्तिम रूप दिने काम पनि भइरहेको छ । पर्सिसम्ममा घोषणापत्रलाई प्रेसमा पठाउने तयारी भएको छ ।