हाम्रो गठबन्धन पवित्र, ओलीको अपवित्र : माधव नेपाल

355 Shares

काठमाडौंः एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चार दलीय गठबन्धन पवित्र र एमाले नेतृत्वको गठबन्धन अपवित्र भएको आरोप लगाएका छन्।

सोमबार ललितपुरमा आयोजित सत्ता गठबन्धन समर्थित पार्टीहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले नेतृत्वको गठबन्धनलाई अप्राकृतिक समेत भएको आरोप लगाए।

उनले चार दलीय गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका लागि भएको उल्लेख गरे।

उनले भने, ‘एमाले नेतृत्वको गठबन्धन अपवित्र हो। हामीले गणतन्त्रवादीहरुको प्राकृतिक गठबन्धन बनाएका छौँ। यो संविधान र लोकतन्त्रको रक्षाका लागि हो।’