नेकपा एमाले,तिनाउ-२,पाल्पाकाे चुनाव केन्द्रित बैठक सम्पन्न
नेकपा एमाले,तिनाउ-२,पाल्पाकाे वडा कमिटी बैठक विभिन्न विषयमा निर्णय गर्दै बुधवार दाेभानमा सम्पन्न भएकाे छ । बैठकले आसन्न संघीय एवम् प्रदेश सभाकाे निर्वाचनमा सूर्यध्वजावाहक उम्मेद्वारहरुलाई बिजयी बनाउन पार्टीका वडा कमिटी अध्यक्ष रामबहादुर थापाकाे अध्यक्षतामा तीनसय एक सदस्यीय वडास्तरीय निर्वाचन परिचालन उसमिति गठन गरेकाे छ । जसमा सचिवालय सञ्चालनकाे संयाेजन गर्ने जिम्मा वडा कमिटी सदस्य बालकृष्ण लम्साललाई दिईएकाे छ । त्यसैगरी प्रचार सामग्री व्यवस्थापन बिष्णु सापकाेटा,खाजा,खाना व्यवस्थापन बिनिराम भट्टराई,मतदाता शिक्षा सञ्चालन संयाेजकमा अनबहादुर कुमाललाई जिम्मा दिने निर्णय भएकाे निर्वाचन परिचालन उपसमितिका सचिव विकास अर्यालले बताए ।
त्यसैगरी वडास्तरीय युवा परिचालनकाे संयाेजकमा सर्ज पाेखरेल र विमल खत्री,उत्पीडित जाति मुक्ति समाजसँग समन्वय गर्न रामबहादुर दर्जीलाई संयाेजक बनाईएकाे छ भने महिलाहरुकाे भेला,गाेष्ठी र निर्वाचनमा परिचालन गर्न रेनु शर्मालाई जिम्मा दिईएकाे छ । साथै मजदुर,किसानहरुलाई गाेलबन्द गर्न तुलबहादुर कुमाल र अमर खड्कालाइ संयाेजन गर्ने जिम्मा दिईएकाे वडा ईन्चार्ज दमयन्ती थापाले बताईन् ।
बैठककाे प्रमुख अतिथि जिल्ला कमिटी सचिवालय सदस्य एवम् तिनाउ पार्टी ईन्चार्ज दलबहादुर गुरुङले वडामा रहेका सबै पार्टी कार्यकर्ताहरु मतदाताका घरदैलाेमा पुग्नुपर्ने,कसैलाई आक्षेप नलगाई चुनाव प्रचार-प्रसार गर्नुपर्ने,जीतकाे मानसिकताका साथ चुनावमा हाेमिन नेता,कार्यकर्ताहरुलाई अनुराेध गरेका छन् । उनले एमालेले ईतिहास र वर्तमानमा गरेका काम र भविष्यमा आफ्नाे सरकार गठनपछि तयार पार्ने जनमुखी याेजना र कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । उनले एमालेकाे जितले नै समृद्ध नेपाल,सुखी नेपालीकाे राष्ट्रिय आकाङ्क्षा पूरा हुने बताए ।
बैठकमा गाउँ कमिटीका अध्यक्ष राेमबहादुर लम्तरी मगर,सचिव ताेया लम्साल र निर्वाचन परिचालन उपसमितिका संयाेजक रामबहादुर थापाले आफ्नाे वडाबाट सूर्यध्वजाबाहक उम्मेद्वारहरुलाई भारी मतले विजयी गराउने प्रतिवद्वता ब्यक्त गरेका छन् ।

