प्राइम लाइफले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

316 Shares

प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

कम्पनीकाे हिजाे कार्तिक २ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १३ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १ कराेड ९० लाख १८ हजार ४ सय २२ रूपैयाँ बराबरकाे ०.६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

उक्त लाभांश बीमा समितिबाट स्विकृत भएर कम्पनीकाे वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।

6350d06d9627b.JPG