गण्डकी प्रदेशसभा ४: लोसपाबाट समानुपातिकमा सिर्जना वोगटी

602 Shares

काठमाडौंः ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गण्डकी प्रदेशको प्रदेश सभा सदस्यका लागी समानुपातिक सिटमा सिर्जना वोगटी उम्मेदवार भएकी छन् ।

वोगटीलाई लोकतान्त्रिक समाजवादी पार्टीले गण्डकी प्रदेशको क्षेत्र नम्बर ४ बाट समानुपातिक तर्फ सिफारिस गरेको हो ।

उम्मेदवार बन्नेको सूचीमा महिलाको नाम कमै भइरहेका बेला पार्टीले आफुलाई विश्वास गरेर समानुपातिक उम्मेदवार बनाएकोमा निकै खुसी भएको बताउँदै उनले यस अवसरलाई सदुपयोग गरी उत्कृष्ट परिणाम दिने बताएकी छन् । उनले भनिन्, ‘मलाइ अब महिलाले अवसर पाए केही गर्न सक्छन् भन्ने देखाउनुछ ।’

विगत लामो समय देखी त्यस क्षेत्रको विकासका लागि काम गर्दै आएकी उनी यसलाई निरन्तरता दिन पनि आफू निर्वाचित हुनुपर्ने बताउँछिन् । उनले भनिन, समाजमा विकास हुन नसकेको क्षेत्रको विकासमा टेवा पुर्याउनु छ र गण्डकी प्रदेशलाई विश्वमा चिनाउने बताइन् ।

विशेषगरी महिलाका अनेकौ समस्याहरु आफुले नजिकबाट नियालेको र ती समाधान गर्न महिलाहरुको प्रतिनिधिको रूपमा पनि आफ्नो उम्मेदवारी भएको उनले बताएकी छन् । उनी जोड्छिन महिलाहरुलाई समाजमा अझै पनि केहि गर्न नसक्ने र पूरुषप्रधान समाजमा महिलाले पनि पूरुषले जतिकै समाज चलाउन सक्ने भएकाले आफूनिर्वाचित भई महिलाहरुलाई गरेको प्रतिबध्ता पूरा गर्ने बताउँछिन । महिलाहरुले भोग्दै आएका स्वास्थ्य समस्याको समाधान गर्ने बताइन ।

लोसपाले दिएको मौकालाई खाली जान नदिने बताएकी छिन ।उनले भनिन लामो समयदेखि राजनितिमा लागेपनि पहिलो पटक जिम्मेवारी पाएको छु । यसलाई मैले राम्रोसगँ प्रयोग गरेर महिला, प्रदेश र देश को विकास गरेर छाड्छु।