रौतहट क्षेत्र न. १मा गठबन्धनका उम्मेदवार नेता नेपाल र प्रदेश सभा सदस्यका उम्मेदवार नागेन्द्र साहलाई शम्भु सुप्रीमको समर्थन

366 Shares

काठमाडौंः मधेस आन्दोलनको महानायक रौतहट क्षेत्र न. १ को ‘क’ का स्वतन्त्र उम्मेदवार शम्भु सुप्रीमले आफ्नो समर्थन पुर्व प्रधानमन्त्री माधब नेपाललाई रहने घोषणा गरेका छन् ।

उनले रौतहट क्षेत्र न १ का मधेसी ,शोसित ,उत्पीडितहरुको आवाज बनेर  जनता सेवामा लाग्ने र बिकासको गङ्गा बगाउने र  योग्य ब्यक्ती ३माधब नेपाल नै भएको आफ्नो फुल समर्थन उहाँलाई रहने बताएका  हुन् ।

एकीकृत समाजबादीका अध्यक्ष समेत रहनु भएका नेता नेपाल नेता सुप्रीमको निवास ३ब्रहमपुरीमा बिहिबार बिहानै पुगेका थिए।नेता सुप्रीमको निवास पुगेका नेपाललाई स्वागत गर्दै नेता सुप्रीमले “म पुर्व प्रधानमन्त्री ज्युलाई  समर्थन गर्ने घोषणा गर्द्छु”भनेर भनेका थिए।साथै नेता सुप्रीमले आफू आफ्नो पार्टी लोसपाको केन्द्रिय  निर्णयलाई संमान गर्दै गठबन्धनका उम्मेदवार नेता नेपाल र प्रदेश सभा सदस्यका उम्मेदवार नागेन्द्र साहलाई समर्थन गरेको  बताएका छन् ।

यस नेता नेपालले रौतहट क्षेत्र न .१ प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार तथा पुराना सहयात्री रेवन्त झालाई आफ्नो समर्थन गर्न लगाई आफ्नो पार्टीमा समेत फर्काउन सफल हुनु भएका थिए।नेता सुप्रीमको निवासमा  गठबन्धनका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।