बालेनलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

338 Shares

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनलाई स्पष्टीकरण सोधेको छ । ईन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग सम्लग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टीकरण मागेको हो ।

 

आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टीकरण दिन मेयर साहलाई निर्देशन दिएको छ ।