बिपीचोकमा रहेका फर्निचर पसलहरुमा आगलागी , एक करोड बढी क्षति
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा न- ११ बिपीचोकमा रहेका फर्निचर पसलहरुमा भएका े आगलागीका कारण एक करोड बढी क्षति भएको छ
शुक्रबार बिहान ६ वटा फर्निचर पसल र एउटा किराना तथा नास्ता पसलमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको हो ।
बिहान करिब साढे ४ बजे आलिया ट्रेर्डस (काठ फर्निचर) पसलमा बिद्युतको तार सर्ट भएर आगलागी हुँदा नजिकै रहेका अन्य ६ वटा पसल पनि जलेर नष्ट भएको बाँके प्रहरीले जनाएको छ ।
पसलधनीहरुका अनुसार आगलागीबाट अनुमानित करिब एक करोड ३ लाख बराबरको क्षति भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

