सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा
321
Shares
सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको हो ।
ललितपुरको किस्ट अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो।


