आदेशविपरीत काम गर्ने दुई सशस्त्र प्रहरी नायव निरीक्षक निलम्बन
आचारणविपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायव निरीक्षकहरूलाई निलम्बन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर मगरलाई निलम्बन गरिएको हो ।
सशस्त्र प्रहरी नायव निरीक्षक सुवेदीले यही ४ कात्तिकमा निर्वाचन सुरक्षाबेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरू पुर्याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेपछि सवारी दुर्घटना हुन पुगेको थियो ।

