स्पीनर बलर सन्दीप लामिछाने धरौटीमा थुनामुक्त

598 Shares

स्पीनर बलर सन्दीप लामिछानेलाई धरौटीमा शुक्रवार थुनामुक्त भएका छन् ।
उच्च अदालत पाटनका न्यायाधिशद्धय ध्रुवराज चन्द र रमेश ढकालको संयुक्त इजलासले विहिवार विहिवार २० लाख धरौटी रकम जम्मा गरेर थुनामुक्त हुने आदेश दिएका थिए ।
उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने आदेश दिएकोले हिजो उक्त रकम बुझाउन ढिलो भएको कारण प्रक्रिया पुर्याएर लामिछाने आज रिहा भएको केन्द्रीय कारागार प्रशासनले जनाएको छ ।
सन्दीपलाई विदेश जान, मुद्दाको विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिने माथि रोक लगाइएको छ ।