राष्ट्रिय क्रिकेट टोलीको कप्तान लामिछानेमाथि बलात्कारको आरोप

380 Shares

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा जाहेरी परेको छ। मंगलबार गौशाला प्रहरी वृत्तमा १७ वर्षीया एक नाबालिगले आफूलाई सन्दीपले बलत्कार गरेको दाबी सहित जाहेरी दिएको प्रहरी उच्च स्रोतले जनाएको छ।

प्रहरीले पीडित भनिएकी बालिकाको आज साँझ मेडिकल परीक्षण समेत गराएको प्रहरी स्रोतले बतायो । सन्दिपले गत ५ भदौ २०७९ मा गौशालास्थित तिलगंगामा रहेको एक होटलमा बलत्कार गरेको बालिकाको दाबी छ ।

सन्दीप अहिले वेष्टइन्डिजमा छन् । क्यारेबियन प्रिमियर लिग ९सिपिएल० खेल्न उनी वेष्टइन्डिज पुगेका हुन् । सन्दीप पूर्वनिर्धारित तालिकाअनुसार नै केन्या भ्रमण छाडेर सिपिएल खेल्न वेष्टइन्डिज गएका हुन् । सन्दिप राष्ट्रिय टिमको कप्तानी गर्दै भदौ ६ गते केन्या गएका थिए । बालिकाको उजुरी अनुसार यो घटना सन्दिप केन्या प्रस्थान गर्नुअघिको रातको हो ।

केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय टिमले एक दिवसीय म्याचको शृंखला नियमित कप्तान सन्दीप लामिछानेविना नै खेलिरहेका छन् ।

सन्दीपले सिपिएलमा जमैका तल्लाजावजबाट खेल्नेछन् । गत सिजन ट्रिनबागो नाइटराइडर्समा अनुबन्ध भए पनि सन्दीपले राष्ट्रिय टिमको खेल भएका कारण सिपिएलमा कुनै पनि खेल खेलेका थिएनन् ।

सन्दीप विश्वका ठूला व्यावसायिक क्रिकेट लीग खेलेर तहल्का मच्चाएका नेपाली स्पिनर हुन् । उनी सन् २०१८ जनवरीमा, उनी सन् २०१८ को इन्डियन प्रिमियर लिगमा लिलामीका लागि खेलाडीहरूको सूचीमा समावेश भएका थिए।

उक्त लिलामीमा उनलाई दिल्ली डेयरडेभिल्सले अनुबन्धन गरेको थियो र इन्डियन प्रिमियर लिगमा अनुबन्धन प्राप्त गर्ने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका थिए । सन् २०१९ मार्चमा, सन् २०१९ इन्डियन प्रिमियर लिग प्रतियोगिता अगाडि अन्तर्राष्ट्रिय क्रिकेट परिषदद्वारा सुझाव गरिएका आठ खेलाडीहरू मध्ये उनी एक हुन्।