गठबन्धनको बैठक स्थगित, भोलि ४ बजे बस्ने

259 Shares

आज बस्ने भनिएको गठबन्धनको निर्णायक बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।

बालुवाटारमा आज ३ बजे नै गठबन्धनको बैठक बस्ने तय भएको थियो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित भएको स्रोतले जनाएको छ ।

गठबन्धनको बैठक भोलि चार बजे बस्ने बताइएको छ । सीट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेताहरुलाई आफ्नो प्रतिवेदन बुझाइसकेका छ । कार्यदलमा सहमति नभएको क्षेत्रमा गठबन्धन दलका शीर्ष नेताहरुले टुगों लगाउनका लागि बैठक बोलाइएको थियो । आजको बैठकबाट सिटको बाँडफाँट गरी टुगों लगाउने तयारी थियो ।