संघीय संसदका दुवै सदनको बैठक बस्दै

237 Shares

काठमाडौंः संघीय संसदको दुवै सदनका बैठक आज बस्दै छ । प्रतिनिधिसभा १ र राष्ट्रियसभा बैठक २ः५९ बजे बस्न लागेको हो ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिनिधिसभा बैठक बुधबार पनि बसेको थियो । त्यस्तै, आजै बस्ने राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको जानकारी गराउने छन् ।

यसपछि कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि छलफल गरियोस्’ तथा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।