आज सर्वोच्चमा फर्कने तयारी गर्दै थिए सरकारले गेटमै ताला लगाईदियोः चोलेन्द्रशमशेर जबरा

340 Shares

काठमाडौंः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालत जान तयार रहँदा सरकारले निवासकै गेटमा तालाबन्दी गरिदिएको बताएका छन् ।

संसद्को ‘आयु’ सकिएसँगै सर्वोच्च फर्कने तयारीमा रहेका जबराले आफू तयार भएर निस्कने बेला सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका हुन् ।

‘म ११ बजे सर्वोच्च पुग्ने तयारी गर्दै थिएँ र त्यसानुसार तयार भएको थिएँ तर, सरकारले गेटमा तालाबन्दी गरिदिएको छ ।’ जबराले भने ।