भारतमा पराल जलाउँदा निस्किएको धुवाँले नेपालका मुख्य केही सहरमा वायु प्रदूषण अस्वस्थकर

555 Shares

काठमाडौँ । नेपाल मुख्य केही सहरमा वायु प्रदूषण अस्वस्थकर देखिएको छ ।

आज काठमाडौँ उपत्यकाको भक्तपुरमा र दाङको तुलसीपुरमा सबैभन्दा धेरै प्रदूषण रहेको पाइएको छ । तुलनात्मक रुपमा तुलसीपुरको हावा धेरै दूषित छ ।

आज बिहान तुलसीपुरमा हावाको गुणस्तर मापन (एक्यूआई) १ सय ६९ र भक्तपुरमा १ सय ३७ रहेको छ । त्यस्तै भरतपुरमा १ सय २५ र बुटवलमा १ सय १९ छ । ५० एक्युआईसम्मको हावालाई गुणस्तरीय मानिन्छ। त्योभन्दा धेरै भयो भने स्वास्थ्यका लागि जोखिम हुन्छ ।

भारतमा पराल जलाउँदा निस्किएको धुवाँको प्रदूषण नेपाल भित्रिएको र यसको असर अझै केही दिन रहने अनुमान छ । प्रदूषित हावा थप फैलन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।