स्वतन्त्र व्यक्ति राष्ट्रपति हुनुपर्ने पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

348 Shares

काठमाडौंः रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको छ । बिहीबार आगामी चुनावका लागि ‘वाचापत्र’ सार्वजनिक गर्दै रास्वपाले संघीय सरकार जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको हो ।

त्यस्तै वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने प्रस्ताव अघि सारेको छ । त्यसैगरी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने रास्वपाको एजेन्डा छ ।

त्यस्तै उपराष्ट्रपति राष्ट्रिय सभाका अध्यक्ष हुने व्यवस्था गर्ने पनि उसको एजेन्डामा छ । भारतसहित केही मुलुकमा उपराष्ट्रपति माथिल्लो सभाको अध्यक्ष हुने व्यवस्था छ ।