१०७ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा

394 Shares

काठमाडौँ, १३ पुस । उपत्यकामा बुधबार बिहान गरिएको विशेष चेकजाँचका क्रममा १०७ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेको छ ।
कागजपत्र साथमा नबोकेका ७ जना र अवस्था ठीक नभएका सवारी साधन चलाउने १० जना दुबै गरी १७ जना पानी बोक्ने गाडीका चालकहरु कारबाहीमा परेका हुन् । यसैगरी ट्राफिक नियम उल्लंघन गर्ने ८ वटा स्कुल बसका चालकहरुलाई पनि कारबाही गरिएको छ । सवारीको अवस्था ठीक नराख्ने ३ जना, झ्यालमा डण्डी नराख्ने ३ जना र कागजपत्र साथमा नबोक्ने २ जना गरी ८ जना स्कुल बसका चालकहरू रहेको छ ।
कागजपत्र साथमा नबोकेका १ जना एम्बुलेन्स चालक र ८१ जना अन्य चालकलाई पनि विविध कसुरमा कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवंम प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।