एक युवतीलाई बेचेको आरोपमा प्रहरीले एक जनाको पक्राउ

349 Shares

दाङ, १० फागुन । दाङको एक युवतीलाई भारतको कोठीमा लगेर बेचेको आरोपमा प्रहरीले एक जनाको पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही वर्डा नं. १४ स्थित लखन पार्क नजिकै होटल सञ्चालन गरी बस्ने ५२ वर्षीय बिमुसा सार्की र उनकी श्रीमती ३९ वर्षीया टोपली सार्की रहेका छन् ।
२० वर्षीया एक युवतीलाई रोजगारीको प्रलोभनमा भारतको कोठीमा लगेर बचेको आरोपमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए ।
उनका अनुसार होटलकी सञ्चालक टोपलीले युवतीलाई भारतमा राम्रो काम लगाइदिने भनेर लोभ देखाएकी थिइन् । त्यसपछि उनलाई गत माघ २१ गते भारतको चन्ढिगढ पु¥याइयो । ‘राम्रो कमाइ हुने लोभ देखाएर बाँकेको नेपालगञ्जसँग जोडिएको भारतीय सीमा नाका रुपैडिहा हुँदै भारत पु¥याइएको रहे छ । ‘त्यहाँ कोठीको सञ्चालकसँग मोटो रकम लिएर युवतीलाई बेचिएछ ।’
पीडित युवतीको उद्धार गरेर फागुन ४ गते प्रहरीले होटल सन्चालक दम्पतीलाई पक्राउ गरेको हो । दुवै जनालाई अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका दम्पतीलाई मानव बेचबिखन तथा ओसारपसार –नियन्त्रण ऐन २०६४ अन्तर्गत कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।