१५ वर्षीया बालिकाको सेक्स भिडियो सार्वजनिक गरिदिने डर देखाई करणी गर्दै आएका अन्सारी पक्राउ

284 Shares

काठमाडौं । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भिडियो बनाएर ब्ल्याकमेल गर्दै आएका एक युवक पक्राउ परेका छन् । बालिकालाई उनले भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै विगत ६ वर्षदेखि पटकपटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विराटनगर-६ का ३० वर्षीय व्यापारी मो.परिजवान अन्सारी उजुरीपछि पक्राउ परेका छन् । अन्सारीले २०७४ सालमा १५ वर्षकी ती युवतीलाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

सोही बेला बनाएको भिडियो सार्वजनिक गर्ने त्रास देखाउँदै उनले बालिकालाई पटकपटक बलात्कार गरेको मोरङका प्रहरी प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । बलात्कारको शिकार बनेकी ती किशोरीको दुई पटक गर्भ बसेको जनाइएको छ ।
उक्त गर्भपतन गराएको खुलेको प्रहरीको दाबी छ । ‘उनले भनेको र गरेको मानेन भने भिडियो सामाजिक संजालमा हालेर भाइरल गराउने डर त्रास देखाउने गरेको थियो । त्यही अश्लील भिडियो बनाएपछि ब्यालकमेलिङ गर्दै जबरजस्ती करणी गरेको छ । करणी गरेपछि बसेको गर्भ दुई पटक पतन पनि गराएको छ,’ ती किशोरीले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ ।
पक्राउ परेका अन्सारीविरुद्ध मोरङ प्रहरीले जबरजस्ती करणी, गर्भ संरक्षणको कसुर र विद्युतीय कारोबार ऐनमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । किशोरीको अश्लील भिडियो अन्सारीले फेक फेसबुक अकाउन्ट बनाएर हाल्ने गरेका थिए । त्यसपछि उनी पक्राउ परेका हुन् ।