कैलालीकी एक बालिकाको डेंगुबाट मृत्यु
357
Shares
काठमाडौँ । कैलालीकी एक बालिकाको डेंगुबाट मृत्यु भएको छ।
जिल्लाको टीकापुर नगरपालिका–६ निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार बाँकेको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ। बालिका १९ गते भेरी अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन्।
यसअघि धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुका कारण मृत्यु भएको थियो।
पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप फैलिएको छ।

