मधेश प्रदेशमा चुनाव लक्षित सुरक्षा व्यवस्था कडा

397 Shares

यही मंसिर ४ हुने संघ र प्रदेशको निर्वाचनलाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनका बखत हुन सक्ने घटना दुर्घटनालाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

निर्वाचन नजिकिँदै गर्दा सीमानाकामा खटेका सुरक्षाकर्मीहरुले नाकाबाट ओहोरदोहोर गर्नेहरुलाई कडाइका साथ चेकजाँच गर्नुका साथै मधेश प्रदेश प्रहरी कार्यालयको मातहतमा रहेको ८ वटा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाइसमेतबाट खटिएका प्रहरी गस्ती टोलीले मधेश प्रदेशको विभिन्न स्थानहरुमा अभियानकै रुपमा सुरक्षा चेक जाँचका साथै गस्तीलाई पनि कडा पारेको हो ।

मधेश प्रदेशमा प्रहरीको गस्ती टोलीले सिमानाका विभिन्न स्थानमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टीका साथै नेपाल–भारतको खुल्ल नाकाका कारण हुनसक्ने आपराधिक कृयाकलापलाई रोक्न सवारी चेकजाँचमा पनि कडाइ गरेको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी प्रदेशमा सवारी चेक जाँचलाई कडाईसमेत गरिएको छ ।

चुनावका समयमा अवैधानीक सवारी साधन भित्रने र अवैधानीक गतिविधि हुने भन्दै प्रहरीले चेक जाँच सुरु गरेको हो । प्रदेश र प्रतिनिधिसभाका निर्वाचनलाई शान्तिपूर्ण बनाउन चेकजाँच कडाइ गरिएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खाँले बताए ।

आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशमा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै तीन चरणमा सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनको बेला सिमानाकामा बढ्न सक्ने आपाराधिक गतिविधिहरुलाई मध्य नजर गर्दै सुरक्षाकर्मीले सुरक्षा व्यवस्था कडा पारेको हो । मुलुककै प्रमुख नाकाको रुपमा रहेको वीरगञ्जको सीमाक्षेत्रमा दैनिक हजारौँँको संख्यामा आवतजावत हुने गर्दछ । अवैध हातहतियार वा विष्फोटक पर्दाथ भित्रिन सक्ने अवस्थालाई मध्यनगर गर्दै वीरगञ्ज–रक्सौल सीमाक्षेत्रमा सुरक्षाकर्मीले तालिम प्राप्त कुकुरको परिचालन गर्दै मानिसको शरीर खानतलासी गरिरहेका छन् ।

मधेश प्रदेशका ८ वटै जिल्लाले भारतीय सीमासँग जाेडिएको छ भने खुला सीमा र अति व्यस्त नाकाहरू भएर मोटसाइकल, गाडी ट्रक लगायतका गरी दैनिक २० हजारदेखि ३० हजारको हाराहारीमा सवारी साधन आवतजावत गर्छ । ५० देखि ६० हजारको संख्यामा मानिसहरू दैनिक ओहोरदोहोर गर्ने गरेको छ ।

नेपाल–भारत सीमानाका खुला भएको हुँदा खास गरि सिमाक्षेत्रमा आपराधिक क्रियाकलाप बढी हुने गर्छ । साथै खुला सीमाको फाइदा उठाउँदै अपराधीहरूलाई छिमेकी मुलुक भारत प्रवेश गर्न, साना हातहतियार ल्याउन सहज रहेको छ । सोही कुरालाई मध्य नजर गर्दै मदेश प्रहरी कार्यालयले यस प्रदेशको सीमानाकामा सुरक्षाकर्मीसहित तालिम प्राप्त कुकुरको परिचालन गरेको हो ।