नेपाली महिला फुटबल टोलीको कप्तानमा एन्जिला र उपकप्तानमा अमृता

373 Shares

काठमाडौंः काठमाडौंमा हुने महिला साफ च्याम्पियनसिपमा लागि नेपाली टोलीको कप्तान जिम्मेवारी गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई दिइएको छ ।

त्यस्तै उपकप्तानको जिम्मेवारी अमृता जैशीलाई दिइएको छ । प्रतियोगिता सुरु हुन एक दिन बाँकी रहँदा प्रशिक्षक कुमार थापाले उनीहरुलाई कप्तान र उपकप्तानको जिम्मेवारी दिएका हुन् ।

नेपाली महिला टोलीको नियमित कप्तान रेनुका नगरकोटी प्रशिक्षणका क्रममा चोट बोक्न पुगेपछि साफ च्याम्पियनसिप गुमाएकी थिइन् । नेपालले साफ च्याम्पियनसिप भुटानसँग मंगलबार खेल्दै सुरु गर्दै छ ।

नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन् । चार पटक फाइनल पुगेको नेपाल सबै खेलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित बन्न पुगेको छ ।