बर्दिया जिल्ला बन्यो लुम्बिनी प्रदेश रग्बी च्याम्पियन

375 Shares

लक्ष्मण बस्नेत/दाङ । बर्दिया लुम्बिनी प्रदेश स्तरीय महिला तथा पुरुष रग्बी प्रतियोगिता २०८० को च्याम्पियन बनेको छ ।

लुम्बिनी प्रदेश रग्बी संघको आयोजनामा दाङको बेलझुन्डि रंगशालामा आज सम्पन्न लिग खेलमा लगातार जित निकालेको बर्दिया जिल्लाको महिला तथा पुरुष दुबै टिमले सर्वाधिक १२/१२ अंकका साथ शिर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो ।

महिला र पुरुष टिम नै च्याम्पियन भएको बर्दियाले नगद ५० हजार, कप तथा मेडल प्रमाणपत्र हात पार्‍यो ।

लिगमा बर्दिया जिल्लाको पुरुष तथा महिला टिम संग ४-४ अंकले पछाडि परेको बाँके जिल्ला उपबिजेता भयो । त्यस्तै दाङको महिला तथा पुरुष टिम तृतिय भएको रग्बी संघ दाङका सचिव सन्तोष बुढाथोकीले जानकारी दिए ।

दुई दिनसम्म संचालन भएको प्रतियोगितामा दाङ, बाँके र बर्दिया जिल्लाका गरी महिलातर्फ ४ र पुरुषतर्फ ४ टिमको सहभागिता रहेको थियो ।प्रतियोगिताको समापन समारोह लुम्बिनी प्रदेश रग्वी संघका अध्यक्ष नवीन थापाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका १७ का अध्यक्ष थलराज पुरीको प्रमुख आतिथ्यता एवं नेपाल रग्वी डेभलपमेन्ट कमिटी मेम्बर ताईसुके मियायोको विशिष्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा बिजेता टिम तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथीको हातबाट पुरस्कार प्रदान गरिएको थियो भने आयोजकले प्रतियोगिता भब्य एवं सभ्यरुपले सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिलाई प्रशंसापत्र प्रदान गरेको थियो ।