यु–१७ साफ च्याम्पियनसिप: पहिलो हाफमा नेपाल र भारत १–१ को बराबरी

406 Shares

काठमाडौं । साफ यु–१७ च्याम्पियनसिपअन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलको पहिलो हाफमा नेपल र भारत १–१ गोलको बराबरी खेलका छन् ।श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा जारी खेलको २४ औं मिनेटमा भारतका डेनी एम लैसरामले भारतलाई अग्रता दिलाएका थिए ।

त्यस्तै नेपालका लागि ४४ औं मिनेटमा सरोज दर्लामीले गोलगरि बराबरी गरेका हुन् । एक खेलअघि नै दुवै टिम सेमिफाइनल पुगिसकेका छन् । खेल जित्ने टिम समूह ‘बी’ को विजेता हुनेछ ।
समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई २–१ ले निराश पार्दै एक खेलअगावै सेमिफाइनलमा स्थान बनाएको थियो ।

भारतको पनि एक खेलमा तीन अंक छ भने नेपालको पनि समान खेलमा तीन अंक छ । बराबरीको नतिजाले भने भारत समूह विजेता बन्नेछ । त्यसैले समूह विजेता बन्न नेपालका लागि जितको विकल्प छैन ।